PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

शिशु जन्माएर फाल्ने महिलाविरुद्ध मुद्दा दर्ता



पहिलोपोस्ट

भोजपुरः गत फागुन ४ गते सालनालसहितको शिशु फाल्ने महिलालाई पक्राउ गरी कर्तव्य ज्यानमा मुद्दा दर्ता गरिएको छ।

भोजपुरको उत्तरी षडानन्द नगरपालिका–६ केउरेनीपानीमा बेवारिसे अवस्थामा फ्यालिएको शिशु गीता मग्रातीले जन्माएर फालेको खुलेपछि मग्रातीलाई प्रहरीले नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। 

बत्तीस वर्षीय मग्रातीले अनुसन्धानमा आफूले जन्माएर फ्याँकेको स्वीकार गरेपछि प्रहरीले मुद्दा चलाएको प्रहरी निरीक्षक ख्याम नेपालले जानकारी दिए। फ्यालिएको शिशु भने उनका आफन्तले पालनपोषण गरिरहेका छन्। उनको थप अनुसन्धान भइरहेको छ। उनका अनुसार मग्रातीका श्रीमान वैदेशिक रोजगारीमा रहेका छन्।  रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell