
क्रिस्टियानो रोनाल्डोलाई रेस्ट लिएको ला लिगा खेलमा रियल मड्रिड स्पानयोलसँग १-० ले पराजित भएको छ।
निर्धारित समयको खेल गोलरहित बराबरी रहेपनि इन्जुरी टाइमा घरेलु टोली स्पानयोलले गोल गर्दै रियलाई पराजित गरेको हो।
स्पानयोलका लागि इन्जुरी टाइमको तेस्रो मिनेटमा जेरार्ड मोरेनोले गोल गरे।
जितपछि २६ खेलबाट ३१ अंक जोडेको स्पानयोल १३औँ स्थानमा उक्लेको छ।
उता २६ खेलबाट ५१ अंक रहेको रियल मड्रिड तेस्रो स्थानमा छ। रियल पहिलो स्थानको बार्सिलोना भन्दा १४ तथा दोस्रो स्थानको एट्लेटिको मड्रिडभन्दा ७ अंकले पछाडी छऽ
बार्सा र एट्लेटिकोले एक खेल कम खेलेका छन्।