PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

संविधानमा हस्ताक्षर नगर्ने र दीपावली मनाउनेको एउटै भान्सा देख्दा बाबुराम दङ्ग



पहिलोपोस्ट

संविधानमा हस्ताक्षर नगर्ने र दीपावली मनाउनेको एउटै भान्सा देख्दा बाबुराम दङ्ग

काठमाडौं : पूर्व प्रधान मन्त्री डाक्टर बाबुराम भट्टरार्इले संविधानमा हस्ताक्षर नगर्ने र संविधान संशोधन गर्न नपर्ने भन्नेहरु मिल्न लागेकोमा खुशी व्यक्त गरेका छन्। 

ट्वीट गर्दै उनले गिलास पूरै खाली छ भन्ने र गिलास पूरै भरी छ भन्नेहरुको एउटै भान्सा हुन लागेको टिप्पणी गरेका हुन्। 

'गिलास पूरै खाली छ भन्दै संविधानमा हस्ताक्षर नगर्ने/ब्ल्याक आउट गर्नेहरू र गिलास पूरै भरिएको छ, कुनै संशोधन आवश्यक छैन भन्दै दीपावली मनाउने र आन्दोलनकारीहरूमाथि गोली वर्षाउनेहरू दुवै संविधान संशोधन गरेर एउटै भात भान्सा गर्न लागेको देख्दा खुशी!,' उनले अगाडि भनेका छन्, 'आधा गिलास खाली आधा गिलास भरी भनेकै त हो!'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell