PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

काठमाडौं भित्रिँँदै गर्दा बिस्फोटकसहित एक समातिए



पहिलोपोस्ट

काठमाडौं भित्रिँँदै गर्दा बिस्फोटकसहित एक समातिए

काठमाडौं : बिस्फोटकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

मंगलवार प्रहरी प्रभाग नागढुङ्गाको टोलीले चेकिङका क्रममा दैलेख नौमुले ८ का २४ वर्षीय दशरथ बहादुर शाहीलाई पक्राउ गरेको हो। धादिङबाट काठमाडौं आउँदै गरेको बा ३ ख ९७१९ नम्बरको बसमा सवार शाहीले झोलामा लुकिइ सुपर पावर लोला ९० थान, डिटोनेटर १२ थान, सेफ्टी फ्यूज ४४ थान, डोरी, गुलेली १ थान र कालो टेप २ थान बरामत गरेको प्रभागका प्रहरी निरीक्षक केशव भट्टले जानकारी दिए।

शाहीले माछा मार्नका लागि बिस्फोटक पदार्थ ल्याएको प्रहरीमा बयान दिएका छन्। सडक निर्माणमा मजदुरको रुपमा काम गर्ने गरेको अनुसन्धानमा देखिएको छ।

पक्राउ परेका शाहीले नेत्रविक्रम चन्द नेतृत्वको पार्टीको लागि बिस्फोटक पदार्थ ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ। महानगरीय प्रहरी बृत्त थानकोटको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell