PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

‘डमरुको डण्डीबियो’को प्रदर्शन मिति तय



पहिलोपोस्ट

‘डमरुको डण्डीबियो’को प्रदर्शन मिति तय

काठमाडौं: ‘डमरुको डण्डीबियो’को सार्वजनिक हुने मिति तय भएको छ। फिल्म निर्माण युनिटले आउँदो बैशाख २१ गतेलाई रिलिज टार्गेट गरेको हो।

पशुपती प्रसाद, धनपती, टलकजंग भर्सेस टुल्के लगायत फिल्म लेखेर फिल्म क्षेत्रमा अभिनेतासँगै लेखकको रुपमा पनि स्थापित पात्र खगेन्द्र लामिछाने फिल्मका मुख्य अभिनेता हुन्। लामिछाने र छेतन गुरुङको संयुक्त कथा लेखनमा तयार फिल्म 'डमरुको डण्डीबियो' पोस्ट प्रोडक्सन फेजमा छ। समृद्धी इन्टरटेनमेन्टको ब्यानरमा सुमी श्रेष्ठ घले र विनोद गुरुङले निर्माण गरेको फिल्ममा छेतन गुरुङको निर्देशन रहनेछ।

फिल्ममा अन्य कलाकार अनुप बराल, मेनुका प्रधान, नमिता घिसिङ, बुद्धी तामाङ, लक्ष्मी बर्देवा, नन्दन थापा, इन्नी होवो, रश्मी पाण्डे, जीवन थापा, लक्ष्मण बिक्रम बस्नेत, अंकित खड्का लगायत कलाकार छन्। फिल्ममा संगीत काली प्रसाद बास्कोटाको रहनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell