PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

सिंगापुरको सडक एसियाकै राम्रो, नराम्रोको सूचीमा नेपालको नेतृत्व

सिंगापुरको सडक एसियाकै राम्रो, नराम्रोको सूचीमा नेपालको नेतृत्व

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपालका सडक एसियाकै सबैभन्दा खराब रहेको रिपोर्ट वर्ल्ड इकोनोमिक फोरमले सार्वजनिक गरेको छ। एसियाका सबैभन्दा राम्रादेखि सबैभन्दा नराम्रा सडकको सूचीमा नेपाल खराबतिरको सूचीको ग्राफमा सबैभन्दा अग्लो छ। 

अर्थतन्त्र कमजोर हुनु र भौगोलिक विकटताका कारण  नेपालका सडक सबैभन्दा दयनीय रहेका छन्। 


एसियामा उत्कृष्ट सडक कहाँ?

एएनएन र डाटा लिड्सले जारी गरेको सर्वेक्षण प्रतिवेदन अनुसार एसियाका सबैभन्दा राम्रो सडक सिंगापुरमा छ। त्यसपछि राम्रो सडक जापानमा छ। त्यसपछि ताइवान, दक्षिण कोरिया र मलेसियाका सडक उत्कृष्ट रहेको छ। राम्रा सडकको सूचीमा सिंगापुर दोस्रो स्थानमा छ भने जापान पाँचौं, ताइवान ११ औं, दक्षिण कोरिया १४ औं र मलेसिया २०औं स्थानमा छ।


राम्रा सडक कहाँ?

चीन, ब्रुनइ, श्रीलंका, भारत, थाइल्यान्ड र पाकिस्तानका सडक उत्कृष्टमा परेका छन्। यी मुलुकहरु क्रमश विश्वको सडकहरुमा ३९, ४१, ४३, ५१,६० र ७७ औं सूचीमा रहेका छन्।

चीनसँग सबैभन्दा लामो ८५ हजार किलोमिटर तन्किएको हाइवे छ। अर्थतन्त्रका हिसाबले पनि उसले सडकमा लगानी बढाइरहेको छ। अर्कातिर भारतको सडक पनि सुधारको बाटोतिर लागेको देखिन्छ। पाकिस्तानले पनि उसैलाई पछ्याइरहेको छ। 
 

सबैभन्दा खराबको शिखरमा नेपाल

एसियाका सबैभन्दा खराब सडकको सूचीमा दक्षिण एसियाका तीन मुलुक पर्छ जसको नेतृत्व नेपालले गर्छ। १ सय १८ अंक सहित नेपाल सबैभन्दा खराबको सूचीमा छ। त्यसपछि १ सय १३ अंकसहित बंगलादेशको सडक परेको छ। यो सूचीमा भुटान, भियतनाम, लाओस, क्याम्बोडिया, फिलिपिन्स, मंगोलिया पनि अटाएका छन्।


ट्रेन्डिङ पोस्ट

Ncell