PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

नौ जना मारेर नेपालतिर फरार भनिएका भाजपा नेताले गरे आत्मसमर्पण



पहिलोपोस्ट

नौ जना मारेर नेपालतिर फरार भनिएका भाजपा नेताले गरे आत्मसमर्पण

पटना : भारतीय जनता पार्टीका नेता मनोज बैथाले बिहारको मुजफ्फपुरमा आत्मसमर्पण गरेका छन्। हिट एन्ड रन केसमा प्रहरीले खोजेपछि नेपालतिर भागेको प्रहरीले जनाएको थियो।

नौ बालबालिकालाई किचेर फरार रहेका उनले आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ।

४ दिनअघि धर्मपुर मिडल स्कुलका बालबालिकाले सडक पार गरिरहँदा भजपा नेताले ठक्कर दिएका थिए। उनको गाडीको ठक्करमा परी ९ जनाको ज्यान गएको थियो भने २० जना घाइते भएका थिए। 

गाडीमा भाजपा महामन्त्री लेखिएको सीसीटिभी फुटेजमा देखिएपछि उनलाई प्रहरीले खोजेको थियो। 

बिहारका डेपुटी चिफ मिनिस्टर सुशील कुमार मोदीले बैथा पार्टीकै भएको र घटनापछि निलम्बन गरिएको बताएका थिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell