PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

विप्लवलाई समात्न प्रहरीको पत्राचार



पहिलोपोस्ट

विप्लवलाई समात्न प्रहरीको पत्राचार

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका संयोजक नेत्रविक्रम चन्द विप्लवलाई पक्राउ गर्न प्रहरीले पत्राचार गरेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले आफ्नो मातहतको वडा प्रहरी कार्यालय चन्द्रौटालाई निर्देशन दिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी नरेन्द्र कार्कीले बताए। 

'भोजपुर जिल्ला अदालतको निर्देशन अनुसार हामीले विप्लवलाई पक्राउ गरेर अदालतमा बुझाउन निर्देशन दिएका हौं,'  उनले भने।

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ विप्लवको स्थायी ठेगाना हो। भोजपुर जिल्ला अदालतमा विप्लवविरुद्ध ज्यान मार्ने उद्योग र बिस्फोटक पदार्थ ओसार पसारको मुद्दा चलिरहेको छ। गएका निर्वाचनमा विप्लव समूहले देशका विभिन्न ठाउँमा बिस्फोटका घटना तथा आतंक फैलाएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell