PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

फोरमको सत्ता मोहप्रति राजपा सशंकित



पहिलोपोस्ट

फोरमको सत्ता मोहप्रति राजपा सशंकित

काठमाडौं : संघीय समाजवादी फोरम नेपालले वाम गठबन्धनको सरकारमा सहभागी हुने तयारी गर्दा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरु सशंकित बनेका छन्।

संविधान संशोधन लगायतका विषयलाई गौण मान्दै फोरमले सहमति गर्न लागेको भन्दै राजपाले ध्यानाकषर्ण समेत गराएको छ।
बुधवार राजपाले प्रेस विज्ञप्ति जारी गर्दै पुराना मागहरुलाई पुनः सम्झाएको हो।

संविधान संशोधन तथा झुटा मुद्दा फिर्ता, बन्दी रिहाई लगायतका विषयहरु अविलम्ब सम्बोधन हुने गरी वातावरण बनाउन माग गरिएको छ।
वाम गठबन्धनले सरकारमा सहभागिताका लागि फोरमसँग सहमति गर्न लागेको छ। राजपासँग भने सत्ता साझेदारीको विषयमा छलफल भएको छैन।

मधेशी गठबन्धनमा रहेको फोरमलाई सरकारमा सहभागी गराउँदा गठबन्धन नै धरापमा परेको राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले बताए।

यादवले संविधान संशोधनविना सरकारमा सहभागी हुँदा मधेश गठबन्धनमा समस्या हुने बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell