PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

'ब्लाइन्ड रक्स'को नेपाल प्रिमियर सम्पन्न, यस्तो रह्यो उपस्थिति

'ब्लाइन्ड रक्स'को नेपाल प्रिमियर सम्पन्न, यस्तो रह्यो उपस्थिति

पहिलोपोस्ट /पहिलोपोस्ट


फिल्म 'ब्लाइन्ड रक्स'को नेपाल प्रिमियर बुधबार सम्पन्न भएको छ। यसअघि फिल्म हङकङ र लण्डनमा देखाइएको थियो। लण्डनका दुई दर्जन सहरमा प्रदर्शन भएको प्रोफाइल फिल्म १८ गते नेपालभर प्रदर्शन हुँदैछ।

फिल्म दृष्टिबिहिनहरुको लागि खोलिएको संस्था ब्लाइन्ड रक्सकी अध्यक्ष एवं मोटिभेसनल स्पिकर सृष्टि केसीको बायोपिक हो। मिलन चाम्स निर्देशित बायोपिकमा अभिनेत्री बेनिशा हमालले सृष्टिको भूमिका निभाएकी छिन्।

फिल्ममा अन्य कलाकार गौरी मल्ल, अर्पण थापा, अनिल केशरी शाह, वसन्‍त भट्ट, रोशनी कार्की लगायतको अभिनय रहेको छ।

बुधबार भएको प्रिमियरमा विभिन्न फिल्मकर्मी र सृष्टि केसी परिवारको उपस्थिति रहेको थियो। यस्तो छ प्रिमियरको केही झलक। 



ट्रेन्डिङ पोस्ट

Ncell