PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

एन्फालाई जापान सरकारको ७४ लाख सहयोग



पहिलोपोस्ट

एन्फालाई जापान सरकारको ७४ लाख सहयोग
फोटो : एन्फा

काठमाडौं : जापान सरकारले ललितपुरस्थित एन्फा कम्प्लेक्समा सातदोबाटोमा रहेको स्टेडियमको भैतिक पूरर्वाधरको सुधार र स्तरोन्तकीका लागि नेपाली रकम ७४ लाख बराबरको नगद सहयोग गर्ने भएको छ।

ग्रान्ट असिस्टेन्ट फर कल्चरल ग्रासरुसट्स प्रोजेक्ट र जापानको स्पोर्ट्स फर टुमरो अन्तर्गत जापानले ७१ हजार ५८१ अमेरिकी डलर एन्फालाई प्रदान गर्ने भएको हो।

बुधवार जापानी राजदुतावासमा आयोजित कार्यक्रममा एन्फा र जापानी राजदुतावास बीच सम्झौता भएको छ। सम्झौता पत्रमा नेपालका लागि जापानी राजदुत मासाशी ओगावा र अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव धिरेन्द्र प्रधानले हस्ताक्षर गरे।

जापान सरकारको उक्त सहयोगबाट एन्फा कम्प्लेक्समा रहेको मैदाननको चेन्जिङ रुम, अफिस स्पेस, टेक्निकल ट्रेनिङ रुम लगायत अन्य कार्यक्रमको लागि खर्च गरिने एन्फाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell