PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

प्रदेश नं ४ मा तेक्वान्दो संघको तदर्थ समिती गठन



नरहरि पौड्याल

प्रदेश नं ४ मा तेक्वान्दो संघको तदर्थ समिती गठन

पोखरा : नेपाल तेक्वान्दो संघले प्रदेश नम्बर ४ मा प्रदेश तदर्थ समिति गठन गरेको छ। तेक्वान्दोको विकास र विस्तार गर्ने उदेश्यले संघले संघीय संरचना अनुसार जगनबहादुर गुरुङको अध्यक्षतामा ११ सदस्यिय कार्यसमिति चयन गरेको हो।

समितिको उपाध्यक्षमा विष्णुहरी गौतम, महासचिवमा रमेश पौडेल, कोषाध्यक्षमा माइकल कर्माचार्य र सह–कोषाध्यक्षमा दिपेन्द्र बाँस्कोटा रहेका छन्। उनीहरुलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणाले पद तथा गोपनियताको शपथ गराएका थिए।

पदस्थापन समारोहमा प्रदेश नम्वर ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले उनीहरुलाई प्रमाण–पत्र वितरण गरेका थिए। उनले खेलाडी राष्ट्रको गहना हुने भन्दै राष्ट्रले खेलाडीलाई सम्मान गर्नुपर्ने बताए। खेलाडीको अथक मेहनत र प्रयासबाट राष्ट्रले अन्र्तराष्ट्रिय उपलब्धि हाँसिल गर्ने बताउँदै खेलाडीको भविष्य सुनिश्चित पार्ने तर्फ राष्ट्रले चासो देखाउनु पर्ने प्रदेश प्रमुख कुँवरले बताए।

कार्यक्रममा सांसद दिपक कोइराला, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, तदर्थ समितिका अध्यक्ष जगनबहादुर गुरुङले मन्तब्य राखेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell