PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

गृह मन्त्री थापाको प्रहरीलाई चेतावनी : पहिलेको जस्तो होइन, बहुमतप्राप्त सरकारको मन्त्री हुँ



पहिलोपोस्ट

गृह मन्त्री थापाको प्रहरीलाई चेतावनी : पहिलेको जस्तो होइन, बहुमतप्राप्त सरकारको मन्त्री हुँ

काठमाडौं : गृह मन्त्री रामबहादुर थापा बादलले बहुमतको सरकारको गृह मन्त्री भएको भन्दै 'पहिलेको जस्तो सोचेर काम नगर्न' प्रहरीलाई चेतावनी दिएका छन्।

गृह मन्त्री भएपछि बुधवार प्रहरी प्रधान कार्यालय नक्साल पुगेका गृह मन्त्री थापाले निर्देशनात्मक चेतावनी दिएका हुन्। 

'म बहुमत प्राप्त सरकारको मन्त्री हुँ पहिले जस्तो नसोच्नु होला,' बिफ्रिङमा सहभागी एक प्रहरी अधिकृतले थापालाई उदृत गर्दै भने।

बिहान नौ बजे नक्साल पुगेका गृह मन्त्री थापाले प्रहरी संगठनभित्र कर्मचारीको सरुवा बढुवाको लागि राजनीतिक चलखेल नगर्न समेत भनेका थिए। गृह मन्त्री थापाले आफ्नो कार्यकालमा संगठन राजनीतिक हस्तक्षेपमुक्त बनाउने दावी गरे।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell