PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

एक दिने महिला फुटसल प्रतियोगिता शनिवार हुने, १६ टोलीको सहभागिता



पहिलोपोस्ट

एक दिने महिला फुटसल प्रतियोगिता शनिवार हुने, १६ टोलीको सहभागिता

काठमाडौं : नेपाल फुटसल व्यावसायीक संघको आयोजनामा यही आउँदो शनिवार प्रथम कुमारी महिला फुटसल प्रतियोगिता हुने भएको छ।

आयोजकले बुधवार पत्रकार सम्मेलन गर्दै एक दिन मात्र हुने प्रतियोगितामा राजधानीका १६ महिला टोलीले भाग लिने जानकारी दिएको हो।

पंकनाजोलस्थित कुमार फुटसलमा हुने प्रतियोगितामा सहभागि १६ टिमलाई चार समूहमा विभाजन गरेर खेलाइने र त्यसपछि प्रत्येक समूहमा विजेता र उपविजेताले क्वाटरफाइनल खेल्नेछन्।

महिलाहरुलाई पनि फुटसलमा प्राथमिकता दिने उदेश्यले यस प्रतियोगिता गर्न लागेको र यसले  खेलाडीहरुलाई फाइदा पुग्ने कुमार फुटसलका सञ्चालक समेत रहेका नेपाल फुटसल व्यावसायीक संघका महासचिव राजन लाल महर्जनले बताए।

महर्जनका अनुसार प्रतियोगिताका लागि करिब साढे ३ लाख खर्च हुने र विजेताले ५० हजार तथा उपविजेताले २० हजार पाउने बताए।

यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई द लास्ट रिसोर्टले बन्जी र क्यानोइङका लागि टिकट प्रदान गर्ने महर्जनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell