PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

रेशम चौधरीलाई सपथ गराउन राजपाको लबिङ



बीपी साह

रेशम चौधरीलाई सपथ गराउन राजपाको लबिङ

काठमाडौं : राष्ट्रिय जनता पार्टीले कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट  प्रतिनिधि सभा सदस्य निर्वाचित रेशम चौधरीलाई सपथ खुवाउन संघीय संसद सचिवालयसँग माग गरेको छ। 

संघीय संसद सचिवालयले बुधवार बोलाएको सर्वदलीय बैठकमा राष्ट्रिय जनता पार्टीका नेता बृषेशचन्द्र लालले 'चौधरी निर्वाचित सांसद भएको र अदालत र कानुनको पालना गरेर आत्मसमर्पण गरेको' भन्दै सपथ खाने व्यवस्था मिलाउने पर्ने बताए।

लालले भने, 'चौधरी अहिलेसम्म अभियुक्त मात्र हुन् र सरकारको नियन्त्रणमा नै छन्। त्यसैले सपथ खुवाउनु पर्छ।'

सासद चौधरीले केही दिन अघिमात्र सचिवालयलाई पत्र लेख्दै सपथ ग्रहण गराउनुपर्ने माग राखेको लालले जानकारी गराए। 
प्रतिनिधि सभामा निर्वाचित सांसदहरुले आइतवार सपथ ग्रहण गर्दै छन्। टीकापुर घटनाका मुख्य आरोपी उनी लामो समयदेखि फरार रहेका थिए। सोमवार नै अदालतले चौधरीको बयान लिएको थियो।

प्रहरीको फरार सूचीमा रहेका चौधरी ठूलो मतान्तरसहित विजयी भएका थिए। टीकापुर घटनामा प्रहरीले खोजी सूचीमा राखेपछि फरार चौधरीले वारेस मार्फत् राष्ट्रिय जनता पार्टीबाट उम्मेदवारी दिएका थिए। चौधरी ३४ हजार ३४१ मतसहित विजयी भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell