PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

ग्राण्डी अस्पतालका डाक्टर पन्थीलाई वंगलादेशका प्रमबाट स्वर्ण पदक



पहिलोपोस्ट

ग्राण्डी अस्पतालका डाक्टर पन्थीलाई वंगलादेशका प्रमबाट स्वर्ण पदक

काठमाडौं : ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मधुमेह, थाइरोइड तथा हर्मोन रोग बिशेषज्ञ डा. सन्देश पन्थी बङ्गलादेशमा स्वर्ण पदकबाट सम्मानित भएका छन्।

जन गणतन्त्र बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले गत आइतबार प्रधानमन्त्री कार्यालयमा डा पन्थीलाई सम्मानित गरेकी हुन्।

डा. पन्थीले बङ्गलादेशको एकमात्र सरकारी मेडिकल विश्वविद्यालय बङ्गबन्धु शेख मुजिब मेडिकल विश्वविद्यालयबाट सन् २०१६ मा पाँच वर्षे एमडी एण्डोक्राइनोलोजी एण्ड मेटाबोलिज्म (डायबर्टिज, थाइरोइड तथा हर्मोन रोग बिशेषज्ञ) विशेषज्ञता हासिल गरेका हुन्।

उनले समग्र मेडिसिन फ्याकल्टीमा सर्वाधिक अंक हासिल गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell