PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

पुर्ख्यौली थलो भारदहमा रमाउँदै उदितनारायण झा



पहिलोपोस्ट

पुर्ख्यौली थलो भारदहमा रमाउँदै उदितनारायण झा

राजविराज : नेपाली तथा हिन्दी सिनेमा जगतका चर्चित गायक उदितनारायण झा आफ्नो जन्मगाउँ सप्तरीको भारदह आएका छन्। भारतको मुम्बई बस्दै आएका झा मंगलबार भारदह आएका हुन्।

सन् १९५५ मा भारदहमा जन्मेका झा काठमाडौंमा नेपाली संगीत क्षेत्रमा सक्रिय रहे। त्यसपछि उनी मुम्बई तिर लागेका थिए। मुम्बईमा उनी सफलताको शिखर चुम्न सफल भए।

झाले भारतमा पदम श्री र पदम् भुषणलगायतका उच्च सम्मानसमेत पाइसकेका छन्।

काठमाडौंका रत्न राज्य कलेजबाट इन्टरमिडियट पढेका झाले पहिलो विवाह रंजना झासँग गरेका थिए। मुम्बई बस्दै गर्दा उनले दीपा झासँग विवाह गरे। अहिले उनका एक छोरा आदित्यनारायण पनि गायन क्षेत्रमा सक्रिय छन्।

कुनै विशेष काम नभई रिफ्रेसमेन्टका लागि पैतृक गाउँ आएका हुन्  अझै गाउँका साथीभाइहरुसँग उनी दश दिन बिताउने छन्।
बुधवार उनी आफ्नो मामली बिहारको निर्माली गएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell