
काठमाडौं : क्वीक्स होम एण्ड अवे बास्केटबल लिगमा विशाल मिलन केन्द्रले तेस्रो जित हासिल गरेको छ। लिग अन्तर्गत बुधवार भएको खेलमा विशाल मिलन केन्द्र र गोल्डेनगेट इन्टरनेशनल कलेज विजयी भएका छन्।
विशाल मिलन केन्द्रको तेस्रो तथा गोल्डेनगेटको दोस्रो जित हो।
विशाल मिलन केन्द्रले अवे कोर्टमा टिम बुढानिलकण्ड मुनिसिपालिटीलाई ८८-६९ ले हरायो। सुरुवाती दुई क्वाटारमा २०-८ र २७-१४ को अग्रता बनाएको विशाल मिलन केन्द्रले तेस्रो र चौथो क्वाटरमा २५-२० र २२-२१ ले पछि रहेपनि खेल आफ्नो पक्षमा पारेको हो।
यस्तै अर्को खेलमा गोल्डेनगेटले साउथ साइडर्सलाई ७६-६३ ले पराजित गर्यो। पहिलो क्वाटर २४-१७ ले आफ्नो पक्षमा पारेको गोल्डेनगेट दोस्रो क्वाटरमा १४-१३ को झिनो अन्तरले पछि परेको थियो। तर तेस्रो क्वाटर २२-१६ तथा चौथो क्वाटर १७-१६ ले आफ्नो पक्षमा पार्यो।
गोल्डेनगेटका विपिन महर्जनले सर्वाधिक २२ अंक स्कोर गरे।
बुधवारको खेलपछि ५ खेलबाट ९ अंङ्क जोडेको विशाल मिलन केन्द्र हिमालयन हाउण्ड्सलाई पछि पार्दै तेस्रो स्थानमा उक्लेको छ। ६ खेलबाट ९ अंक जोडेको हाउण्ड्स चौथो स्थानमा झरेको छ। लगातार ५ खेल जित्दै १५ अंकसहित त्रिभुवन आर्मी शीर्ष स्थानमा छ भने ३ खेलबाट अपराजित रहदै ९ अंक जोडेको कीर्तिपुर बास्केटबल टिम दोस्रो स्थानमा छ।