PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

किरातीले भनेः ‘ओली र प्रचण्डको समाजवाद पनि देखियो’ भन्ने गीत गाउने दिन आउँदैछ



पहिलोपोस्ट

किरातीले भनेः ‘ओली र प्रचण्डको समाजवाद पनि देखियो’ भन्ने गीत गाउने दिन आउँदैछ

काठमाडौंः नेकपा माओवादीबाट हालै निष्कासनमा परेका नेता गोपाल किरातीले नेपाली जनताले केही वर्षमै वाम एकताको वास्तविकता बुझ्ने दाबी गरेका छन्।

बुधबार राजधानीको सोल्टीमोडस्थित प्लटिनम होटलमा आयोजित क्रान्तिकारी विद्यार्थीको पुनर्गठन कार्यक्रमको बन्दसत्रमा किरातीले वाम गठबन्धनको वास्तविकता थाहा पाएपछि नेपालीले ‘माया गर्नेको चोखो माया पनि देखियो’ बोलको लयमा गीत गाउने दाबी गरेका हुन्।

किरातीले भने, ‘अहिले मेरा पूर्व अध्यक्ष प्रचण्ड वाम गठबन्धनमा जानु भएको छ। नेपाली जनताले अब केही वर्षमै माया गर्नेको चोखो माया पनि देखियो बोलको गीत गाउनुपर्नेछ। त्यो गीत चाहि ओली र प्रचण्डको समाजवाद र समृद्धि पनि देखियो भन्ने हुन्छ। हामी त चिन्छौ ओली र प्रचण्डलाई।’

किराती एमालेसँग एकता गर्नुहुन्न भन्ने पक्षमा अडान गरेका कारण माओवादीबाट निष्कासनमा परेका थिए।

कार्यक्रममा आलोक रायमाझीको संयोजकत्वमा ४० सदस्यीय अखिल क्रान्तिकारी विद्यार्थी पुनर्गठन समिति गठन गरिएको छ।

उक्त कार्यक्रममा मोहन वैद्य ‘किरण’, लोकेन्द्र बिष्ट, विष्णुभक्त दुलाल ‘आहुती’लगायतको उपस्थित थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell