PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

वीरगंजको भारतीय महावाणिज्य दूतावास नजिकै गोली चल्यो, एक युवक घाइते



राधेश्याम पटेल

वीरगंजको भारतीय महावाणिज्य दूतावास नजिकै गोली चल्यो, एक युवक घाइते

वीरगंज : बुधबार राति वीरगंज महानगरपालिकाको रानीघाटस्थित भारतीय महावाणिज्यदूतावासको कार्यालय नजिकै रहेको लालबंगलाको पश्चिम पट्टी मोटरसाइकलमा आएका दुई जनाले गोली चलाउँदा एक युवक घाइते भएका छन्। 

गोली लागेर पर्सा विन्दवासिनी गाउँपालिका वडा नम्बर ३ झौवा टोल बस्ने ३० वर्षीय उमेशप्रसाद चौरसिया घाइते भएका छन्। 

पावर हाउसबाट लालबंगलास्थित घरमा पैदल आइरहेको बेला घर पुग्नै लाग्दा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरुले गोली चलाएर भागेको उनका भतिजा दीपकप्रसाद चौरसियाले पहिलोपोस्टलाई बताए। 

गोली चल्दा दीपक पनि घाइते उमेशसँगै थिए। पेटमा गोली लागेका उनको अहिले नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। 

होलीको समयमा गोली चलेपछि स्थानीय त्रसित बनेका छन्। 

एसपी डा. गणेश रेग्मीले घटनाबारे अनुसन्धान सुरु गरेको र नाका सिल गरी गोली हान्नेहरुको खोजी गरिएको जानकारी दिए। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell