PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

खोटाङका दुई स्थानीय तहको नाम परिवर्तन



पहिलोपोस्ट

खोटाङका दुई स्थानीय तहको नाम परिवर्तन

खोटाङः खोटाङका दुई स्थानीय तहको नाम परिवर्तन भएको छ। रुपाकोट मझुवागढी नगरपालिका र दिप्रुङ गाउँपालिकाको नाम परिवर्तन भएको हो।

रुपाकोट मझुवागढी नगरपालिकाको अगाडि ‘दिक्तेल’ र दिप्रुङ गाउँपालिकाको पछाडि ‘चुइचुम्मा’ थपिएको छ। नगरपालिका र गाउँपालिकाले यसअघि नगरसभा र गाउँसभाको पूर्ण बैठकले नाम परिवर्तनका लागि सिफारिस गरेका थिए।

नगरसभा र गाउँसभाले सिफारिस गरेबमोजिम संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बुधबार राजपत्रमा प्रकाशित गरेर नाम परिवर्तन भएको जनाएको छ। मन्त्रालयले प्रकाशित गरेको राजपत्रअनुसार अब रुपाकोट मझुवागढी नगरपालिकाको नाम ‘दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका’ र दिप्रुङ गाउँपालिकाको नाम ‘दिप्रुङ चुइचुम्मा गाउँपालिका’ कायम भएको छ।

यसअघि लामिडाँडा गाउँपालिकाको पनि नाम परिवर्तन गरिएको थियो। तत्कालीन लामिडाँडा गाउँपालिकाको नाम परिवर्तन भएर रावाबँसी गाउँपालिका भएको छ भने अन्यको नाम यथावत राखिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell