PahiloPost

Aug 27, 2026 | ११ भदौ २०८३

होलीमा उच्छृङ्खल गतिविधि रोक्न प्रहरीको गस्ती



चन्द्रकान्त खनाल

होलीमा उच्छृङ्खल गतिविधि रोक्न प्रहरीको गस्ती
फाइल फोटो

रुपन्देहीः होली पर्वलाई मयादित बनाउन रुपन्देहीमा प्रहरीले निगरानी बढाएको छ। तराई र पहाडी समुदायका बासिन्दाको उत्तिकै बसोबास रहेको रुपन्देहीमा दुई दिन होली मनाउने प्रचलन छ। होलीमा उच्छृङ्खल घटना बढेसँगै प्रहरीले निगरानी पनि बढाएको छ।

रुपन्देहीमा आज पहाडी र भोलि मधेशी समुदायले होली मनाउँदै छन्। होलीलाई लक्षित गरी प्रहरीले विशेष सुरक्षा अभियान चलाएको छ।

रुपन्देहीका मुख्य शहर बुटवल र भैरहवामा होलीमा उच्छृङ्खल घटनालाई रोक्न प्रहरी गस्ती बढाएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी पवनराज भट्टराईले बताए।

होलीका दिन ट्राफिक नियम उल्लघंन गरी सवारी चलाउनेलाई पनि कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ। सबैको साझा र मित्रवत पर्व भएकाले मर्यादापूर्वक होली मनाउन प्रहरीले आग्रह पनि गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell