PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक सञ्चालनका लागि कर्मचारी तोकिए



पहिलोपोस्ट

प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक सञ्चालनका लागि कर्मचारी तोकिए

काठमाडौँः संघीय संसद् सचिवालयले आसन्न प्रतिनिधिसभा तथा राष्ट्रियसभाका अधिवेशन सञ्चालनका लागि कर्मचारी विभाजन गरेको छ। यसअघि एउटामात्र सदन भएको अवस्थामा कायम रहेका जनशक्तिलाई नै प्रतिनिधि तथा राष्ट्रियसभा सचिवालयमा काम गर्नेगरी कार्यक्षेत्र तोकिएको हो।

सचिवालयले कार्यव्यवस्था परामर्श महाशाखामा रहने दुई सहसचिव तोकेको छ। कार्यव्यवस्थाले नै औपचारिक रुपमा बैठक एजेण्डा तय गर्ने प्रचलन छ। महाशाखा अन्तर्गतको सचिवालयले बैठकका एजेण्डा तथा बैठक सञ्चालनको कार्यविधि तय गर्नेछ।

सचिवालयले प्रतिनिधिसभातर्फ महाशाखाको जिम्मेवारी सहसचिव डा. भरतराज गौतमलाई दिएको छ। यस्तै, राष्ट्रियसभातर्फ महाशाखाको जिम्मेवारी सहसचिव मुरारी महतलाई दिएको छ। गौतम र महत नेतृत्वको कार्यव्यवस्थाले नै बैठक सञ्चालनका एजेण्डादेखि कार्यविधि समेत तय गर्नेछ।

संसद्को विजनेश औपचारिक रुपमा भने सरकारसँगको परामर्शमा कार्यव्यवस्था परामर्श समितिले तय गर्नेछ।

सचिवालयले २१ गतेदेखि आह्वान हुने पहिलो अधिवेशनको सम्पूर्ण तयारी समेत पूरा भइसकेको जनाएको छ। यस्तै पहिलो बैठकका एजेण्डाबारे पनि दलहरुसँग बुधबार परामर्श गरिसकेको छ। फागुन २० गते पुनः बैठक बसी एजेण्डाबारे निर्णय हुनेछ।

पहिलो बैठकबाट अन्तरिम कार्यविधि पारित हुनेछ। यस्तै, प्रतिनिधिसभाका सभामुख तथा उपभासमुख र राष्ट्रियसभाका अध्यक्ष उपाध्यक्षको निर्वाचनको मिति पनि पहिलो बैठकले तय गर्नेछ। पदाधिकारी चयनको मितिबारे फागुन २० गते बस्ने संघीय संसद् सचिवालय र दलका प्रतिनिधिको बैठकले निर्णय गर्नेछ। पहिलो बैठकले कार्यव्यवस्था परामर्श समिति गठन गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell