PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

वाम गठबन्धन-फोरम बालुवाटार बैठकः अाज पनि निष्कर्ष निस्केन



पहिलोपोस्ट

वाम गठबन्धन-फोरम बालुवाटार बैठकः अाज पनि निष्कर्ष निस्केन

काठमाडौः संविधान संशोधन र सरकारमा सहभागिताका विषयमा वाम गठबन्धन र संघीय समाजवादी फोरमबीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक विना निष्कर्ष टुङगिएको छ। 

बैठकमा सहभागी संघिय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार वार्ता सकरात्मक भएपनि कुनै निर्णय हुन् सकेन्। पहिलोपोस्टसँगको कुराकानीमा नेता श्रेष्ठले भने ' केही सैद्धान्तिक विषयमा सहमति जुट्न सकेन। फेरी पनि अर्को चरणमा वार्ता हुने छ।' 

सहमति जुटाउन तीन दलका शिर्ष नेताहरुबीच बुधबार साँझ बसेको बैठक पनि बैठक निष्कर्षविहीन भएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell