PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

वर्ल्ड कप क्वालिफायर : नेपाल र हङकङबी वार्म अप म्याच आज हुँदै



पहिलोपोस्ट

वर्ल्ड कप क्वालिफायर : नेपाल र हङकङबी वार्म अप म्याच आज हुँदै

काठमाडौं : आइसीसी क्रिकेट वर्ल्ड कप क्वालिफायर अन्तर्गत दोस्रो तथा अन्तिम वार्म अप म्याचमा नेपालले आज हङकङसँग खेल्दैछ।

खेल जिम्वावेको क्वेक्वे स्पोर्ट्स क्लबमा नेपाली समयअनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ।

नेपालले पहिलो वार्म अफ म्याचमा युएईलाई ५ विकेटले हराएको थियो भने हङकङ नेदरल्याण्ड्ससँग हारेको थियो।

क्वालिफायरमा नेपाल र हङकङ एउटै समूहमा रहेका कारण आजको खेलले केही महत्व राख्नेछ।

कुनै पनि प्रतियोगिताको एकै समूहमा रहेका दुई टोलीबीच वार्म अप म्याच खेलाउने नहुने प्रावधान रहेपनि यस पटक आइसीसीले एउटै समूहका टोलीबीच वार्मअप म्याच खेलाउँदैछ।

क्वालिफायरमा नेपाल र हङकङसहित घरेलु टोली जिम्वावे, अफगानिस्तान र स्कटल्याण्ड समूह्य बी मा छन्। नेपालले मार्च ४ मा जिम्वावेसँग पहिलो खेल खेल्नेछ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell