PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

प्रदेश ४: तीन मन्त्रालयमा पाँचको दाबी, मन्त्रिपरिषदले पूर्णता पाउन सकेन्



नरहरि पौड्याल

प्रदेश ४: तीन मन्त्रालयमा पाँचको दाबी, मन्त्रिपरिषदले पूर्णता पाउन सकेन्

कास्कीः मन्त्रीका आकांक्षीहरु धेरै भएपछि प्रदेश ४ को मन्त्रिपरिषद् विस्तारमा सकस देखिएको छ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सपथ लिएको दुई साता बितिसक्दा पनि प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन्। 

एमालेको संसदीय दलभित्र मन्त्री छनोटका लागि आन्तरिक सहमति हुन् नसक्दा मन्त्रि परिषद् विस्तारमा ढिलाई भएको हो। वाम गठबन्धनको सरकार बनेको प्रदेशमा मुख्यमन्त्रीसहित पाँच मन्त्रालय एमाले र सभामुख सहित दुई मन्त्रालय माओवादी केन्द्रको भागमा परेको थियो। 

माओवादीले आफ्नो भागमा परेको मन्त्रालयमा भन्ने दुई मन्त्री बनाई सकेको छ। बाँकी तीन मन्त्रालय मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नै सम्हालेका छन्। 

थोरै मन्त्रालय र धेरै आकांक्षी भएका कारण मन्त्रिपरिषद विस्तारमा ढिलाई भएको एमाले कास्कीका अध्यक्ष समेत रहेका सांसद कृष्ण थापाले वताए।

प्रदेशको आर्थिक मामिला तथा योजना, भौतिक पूर्वाधार र सामाजिक विकास मन्त्रालयको जिम्मा मुख्ममन्त्रीको काँधमा नै रहेको छ। 

बाँकी तीन मन्त्रालयमा पर्वतबाट निर्वाचित सांसद विकास लम्साल, कास्कीका कृष्ण थापा, म्याग्दीका नरदेवी पुनले दाबी गरिरहेका छन्। त्यस्तै नवलपरासीका रोशन गाह मगर र मुस्ताङका महेन्द्रबहादुर थाकाली समेत मन्त्री बन्ने दौडमा छन्। 

मुख्यमन्त्री नियुक्त भईसकेपछि एकपटक मात्र मन्त्रिपरिषद्को बैठक बसेको छ। बैठकले प्रदेशको कानुन निर्माण गर्ने लगायतका पाँचवटा छुट्टा–छुट्टै समिति गठन गरेको थियो। 

मन्त्री छनोटका लागि दलभित्र नै छलफल चलाउनुपर्ने भएकोले मन्त्रिपरिषद विस्तारमा केही ढिलाई हुन सक्ने सरकारका प्रवक्तासमेत रहेका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामशरण बस्नेतले बताए। 

संसदको अर्को बैठक अगाबै मन्त्री परिषद्ले पुर्णता पाउने दाबी गर्दै उनले भने, ‘त्यसको गृहकार्यमा मुख्यमन्त्री र दलले तयारी थालेका छन्।’
 
मन्त्रिपरिषदमा महिलाको प्रतिनिधित्व नभएकोले मन्त्रि नियुक्त हुन बाँकी तीन मन्त्रालय मध्ये एकमा महिलालाई ल्याइने समेत उनले जानकारी दिए। 

प्रदेशसभाका आगामी बैठक फागुन २१ मा बस्दै छ। सो बैठकमा मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने छन्। संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ। विस्वासको मत लिनु भन्दा अगाडि नै मन्त्रिपरिषद्ले पूर्णता पाउने सरकारका प्रवक्ता बस्नेतले बताए। 

बहुमत सांसदको समर्थनमा यही फागुन ४ गते एमाले नेता गुरुङ मुख्यमन्त्री नियुक्त भएका थिए। 

प्रदेश नम्वर ४ को प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक गरी ६० सांसदहरु रहेका छन् । जसमा मुख्यमन्त्री रहेको दल एमालेका २७, गठबन्धनकै अर्को दल माओवादी केन्द्रको १२ तथा प्रमुख प्रतिपक्षी दल कांग्रेसकाबाट १५, राष्ट्रिय जनमोर्चाका ३, नयाँ शक्ति पार्टीका २ र स्वतन्त्र १ सदस्य रहेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell