PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

होलीको दिन बिहानैदेखि मापासे चेकिङ, ट्राफिक नियम उल्लंघन गर्ने २६४ सवारी प्रहरी नियन्त्रणमा 



पहिलोपोस्ट

होलीको दिन बिहानैदेखि मापासे चेकिङ, ट्राफिक नियम उल्लंघन गर्ने २६४ सवारी प्रहरी नियन्त्रणमा 
File Photo

काठमाडौँः होलीको बहनामा ट्राफिक नियम विपरित सवारी साधन चलाएका २ सय ६४ सवारी साधानलार्इ ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। 

महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले उपत्यका भित्रका तीन जिल्लामध्ये सबैभन्दा बढी काठमाडौंबाट सवारी साधान नियन्त्रणमा लिएको महाशाखाका एसएसपी उमेश रंजितकारले जानकारी दिए। 

प्रहरीले नियन्त्रणमा लिएका मध्ये ११ वटा कागजपत्र नबोकी सवारी चलाएको, १८ वटा हेल्मेट नलगाई सवारी चलाएको, २ वटा मापसे गरी चलाएको, २९ वटा क्षमताभन्दा बढी यात्रु बोकेको कारण नियन्त्रणमा लइएको उनले जानकारी दिए। बाँकी सवारी साधनलार्इ समेत ट्राफिक नियम उल्लंघन गरेका कारण नियन्त्रणमा लिएको उनले बताए। 

तीब्र गतिमा सवारी चलाउदा पाँच स्थानमा सवारी दुर्घटना भएको एसएसपी रंजितकारले जानकारी दिए। ती दुर्घटनामा एक जना व्यक्ति सामान्य घाइते भएका छन्। 

होलीमा हुने दुर्घटना नियन्त्रण गर्ने प्रहरीले बिहिवार दिनभर मापसे चेकिङ गरिरहेको छ। 

ट्राफिक महाशाखाले होलीमा हुने सवारी दुर्घटना नियन्त्रण गर्ने उपत्यकाभित्र ६९ स्थानमा चेक प्वाइट राखेको र १३ वटा मोबाइल टोली परिचालन गरेको एसएसपी रंजितकारले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell