PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

एफए कप : १२ मिनेटमा लोरेन्टेको ह्याट्रिक, टोटनहम ६-१ ले विजयी



पहिलोपोस्ट

एफए कप : १२ मिनेटमा लोरेन्टेको ह्याट्रिक, टोटनहम ६-१ ले विजयी

फर्नान्डो लोरेन्टेले १२ मिनेटको अन्तरमा ह्याट्रिक गरेपछि टोटनहम हट्सपरले रोचडालेलाई ६-१ ले पराजित गर्दै एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

यसअघि भएको खेल बराबरीमा सकिएपछि यी दुई क्लबबीच रिप्ले म्याच खेलाइएको हो।

जसमा फर्नान्डो लोरेन्टेले दोस्रो हाफमा १२ मिनेटभित्र ह्याट्रिक पुरा गरे। उनले ४७ औँ मिनेटमा पहिलो, ५३औँ मिनेटमा दोस्रो तथा ५९ औँ मिनेटमा तेस्रो गोल गरे।

यसैगरी होन मन सनले दुई तथा केल वाल्कर पिटर्सले एक गोल गरे। रोचडालेका लागि स्टेफन हमफ्राएसले एक गोल गरे। टोटनहमले अब क्वाटरफाइनलमा स्वान्सी सिटीसँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell