PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

ला लिगा : एन्टोनी ग्रीजमनको ४ गोलमा एट्लेटिको विजयी



पहिलोपोस्ट

ला लिगा : एन्टोनी ग्रीजमनको ४ गोलमा एट्लेटिको विजयी

एन्टोनी ग्रीजमन एक्लैले चार गोल गरेपछि ला लिगामा दोस्रो स्थानको एट्लेटिको मड्रिडले लेगानेसलाई ४-० ले पराजित गरेको छ।

जितपछि एट्लेटिकोले शीर्ष स्थानको बार्सिलोनासँग अंकदूरी समेत ४ मा झारेको छ। तर बार्साले एक खेल कम खेलेको छ।

घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोलाई शानदार जित दिलाउन ग्रीजमनले २६औँ, ३५औँ, ५६औँ र ६७औँ मिनेटमा गोल गरे।

यस्तै चौथो स्थानको भ्यालेन्सिया एथ्लेटिक विल्वाओसँग १-१ गोलको बराबरीमा रोकिदा मालगालाई १-० ले पराजित गर्दै सेभिया पाँचौ स्थानमा उक्लेको छ। आइबरसँग १-० ले हारेपछि भियारियाल भने छैटौँमा झरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell