PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

होलीमा सुरक्षा कारवाही : २२ जना प्रहरी नियन्त्रणमा



पहिलोपोस्ट

होलीमा सुरक्षा कारवाही : २२ जना प्रहरी नियन्त्रणमा

काठमाडौः फागु पूर्णिमा (होली)मा अर्काको इच्छा विपरित जबर्जस्ती रङ दल्ने, प्लास्टिकको लोला हान्ने, फोहर छ्याप्ने र मादक पदार्थ सेवन गरी होहल्ला गर्ने २२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले कालिमाटी क्षेत्रबाट २० जना र गोंगबुबाट २ जनालाई नियन्त्रणमा लिएको परिसर काठमाडौंका प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।

होलीलाई मर्यादित र सुरक्षित बनाउन राजधानीमा १ सय ६ वटा प्रहरी टोली, २० वटा मोबाइल टोली र थप १५ सय प्रहरी परिचालन गरिएको एसएसपी पोखरेलले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell