PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

रोहिंगा नरसंहार बन्द नगरे महाअभियोजनको लागि तयार रहन् अाङ साङ सूचीलार्इ चेतावनी



पहिलोपोस्ट

रोहिंगा नरसंहार बन्द नगरे महाअभियोजनको लागि तयार रहन् अाङ साङ सूचीलार्इ चेतावनी
नेपालमा रहेका रोहिंगा शरणार्थीहरू। फाइल फोटो

ढाकाः नोबेल शान्ति पुरस्कार विजेता तीन अभियन्ताहरूले म्यानमारकी नेतृ अाङ साङ सूची र त्यहाँको सरकारलार्इ रोहिंगा मुस्लिमहरूको नरसंहार रोक्न अाग्रह गरेका छन्। उनीहरूले अन्यथा महाअभियोजनका लागि तयार रहन समेत चेतावनी दिएका रोयटर्सले जनाएको छ। 

संयुक्त राष्ट्र संघको मानवअधिकार संगठनले म्यानमारको सैनिक विरूद्ध त्यहाँका रोहिंगा समुदायका मानिसहरूको हत्या, महिलाहरूमाथि बलात्कारलगायतका घटनाको तथ्य तथा प्रमाण संकलन गरेको छ। यहाँका करिब सात लाख रोहिंगा समुदायहरू बंगलादेशमा शरण लिइरहेका छन्। 

'सूचीले रोहिंगामाथि भएको दमन रोक्नका लागि कानमा तेल हालेर बस्न बन्द गर्नुपर्छ, अन्यथा अपराधमा सामेल हुने खतरा भएको छ,' यमनका अभियन्ता तावाककोल कर्मनले भनिन, 'व्यूझिनुस वा अभियोजन सामान गर्न तयार हुनुस् ।' 

उनले केही दिन अगाडि मात्र केक्स बजारमा रहेको रोहिंगा शरणार्थी शिविरको भ्रमण गरेकी थिइन्। 

सन् १९९१ मा नोवेल शान्ति पुरस्कार विजेता सूची सन् २०१६ मा म्यानमारको सत्तामा अाएकी उनले रोहिंगा समुदायमाथिको दमन रोक्न असफल भएकी छन्। 

म्यानमारले रोहिंगामाथि भएको दमनलार्इ अस्वीकार गर्दै अातंकवादका विरूद्ध लडिरहेको बताउँदै अाएको छ। 

सन् १९७६ मा नोवेल शान्ति पुरस्कार विजेता उत्तरी अायरल्याण्डकी अभियन्ता मारेड म्यागुयरले रोहिंगा समुदायको नरसंहार पनि हाम्रा कुनै एक परिवारका सदस्यको हत्या, यातना र बलात्कारका घटना जस्तै भएको भन्दै भनेकी छन्, 'यो नरसंहार हो, हामी चुप बस्न सक्दैनौं, मौनता पनि सहअपराध हो।'

रोहिंगामाथि भएको नरसंहारलार्इ अन्तर्राष्ट्रिय अदालतमा पुर्‍याउनुपर्ने यी नोबेल शान्ति पुरस्कार विजेताको भनाइ छ। 

सन् २००३ मा नोवेल शान्तिपुरस्कार विजेता प्रथम मुस्लिम महिला इरानकी सिरिन इबादीले लाखौँ रोहिंगा विस्थापित भएको, अनगिन्ति हत्या वेपत्ता र बलात्कार भएका घटनामा अन्तर्राष्ट्रिय समुदायहरू बोल्नुपर्ने बताइन्। 

यी तीन शान्ति पुरस्कार विजेताहरू म्यानमार भ्रमणको योजनामा रहेको समेत बताएका छन्। 

'हामीले सूचीलार्इ पटकपटक पत्राचार समेत गरेका छौं उताबाट जवाफ अाएको छैन्,' उनीहरूले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell