PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

थलीमा प्रहरीमाथि आक्रमण



पहिलोपोस्ट

थलीमा प्रहरीमाथि आक्रमण

काठमाडौं : बुधवार साँझ काठमाडौंको थलीमा प्रहरीमाथि आक्रमण भएको छ। थलीमा केही स्थानीय युवाले प्रहरीलाई आक्रमण गरेका हुन्।

केही महिना अगाडि एक युवतीमाथि भएको जबरजस्तीकरणीका अभियुक्त सुजन ऐरी लुकेर बसेको सुचनाको आधारमा प्रहरी थली पुगेको थियो। प्रहरी आएको थाहा पाउनासाथ पदम स्याङबो लगायतको टोलीले अभियुक्त ऐरीलाई भगाएको र प्रहरीमाथि आक्रमण गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले बताए। 

परिसरबाट गएका सई रमेश राई युवाको कुटपिटको कारण सामान्य घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको छ। प्रहरीमाथि आक्रमण गर्ने युवा पदम स्याङबोलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको एसएपी पोखरेले बताए। 

गत माघ २५ गते जोरपाटीका एक युवतीको जबरजस्ती करणी गरी सुजन ऐरी फरार थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell