
काठमाडौं : फागु पूर्णिमा (होली)मा अर्काको इच्छा विपरित जबर्जस्ती रङ दल्ने, प्लास्टिकको लोला हान्ने, फोहर छ्याप्ने र मादक पदार्थ सेवन गरी होहल्ला गर्ने १ सय ४१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले कालिमाटी, गोंगबु, बाफल लगायतका क्षेत्रबाट नियन्त्रणमा लिएको परिसर काठमाडौंका प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।
यसरी पक्राउ पर्नेहरुमा ३ जना महिला समेत रहेका छन्। पक्राउ परेकालाई सार्वजनिक अपराध अन्तर्गत कारबाही गरिने पोखरेलले बताए।
होलीलाई मर्यादित र सुरक्षित बनाउन राजधानीमा १ सय ६ वटा प्रहरी टोली, २० वटा मोबाइल टोली र थप १५ सय प्रहरी परिचालन गरिएको एसएसपी पोखरेलले बताए।