काठमाडौं: फिल्म ‘जय शम्भु’को सेट, प्रयोग गरिएको क्यामेराको यति बेला चर्चा छ। घोषणाको दिनदेखी फ्लोरमा गएको फिल्म जय शम्भुको छायाँकन चलचित्र विकास कम्पनी बालाजुमा भइरहेको छ। अबको १० दिन फिल्म युनिट विकास कम्पनीमा रहनेछ।
फिल्मका मूख्य कलाकारहरु अनुप विक्रम शाही, प्रशान्त ताम्राकार र वर्षा शिवाकोटीको परिचयात्मक एक्शन सिन खिचिदै छ। उक्त सिनमा एकसाथ चार क्यामराको प्रयोग भइरहेको बताइएको छ। फिल्ममा रेड ४ दशमलव ५ के २ वटा, गोप्रो ४ के १ वटा र फ्लाटोन ४ के ड्रोन एउटा प्रयोग गरिएको हो। फिल्मका निर्देशक रुपेश तामाङका अनुसार फिल्मको सम्पूर्ण छायाँकन चार क्यामराले गरिनेछ।
तामाङले दिएको जानकारी अनुसार एक्शन सिनको लागि तयार पारिएको सेटको बजेट मात्र १० लाख हो। ‘सेटको लागि ३ वटा पुराना कार र एउटा जिप खरिद गरेका हौं।‘
फिल्मको लगि एक्शन कोरियोग्राफर श्री श्रेष्ठ हुन्। उनले जय शम्भुमा एक्शनको नयाँ अवधारणा सुरु गर्न लागेको बताए। फिल्मको कलाईमेक्समा मात्रै ३० लाख बढि खर्च हुने एक्शन कारियोग्राफर श्री श्रेष्ठले बताएका छन्।
फिल्मको ८० प्रतिशत बढी सिन काठमाडौंमा खिचिने छ भने बाँकी अन्नपूर्ण बेसक्याम्पमा खिचिने युनिटले जानकारी दिएको छ। फिल्मलाई हरि घले लामाले खिचिरहेका छन् भने प्रोडक्शन डिजाईनर शंकर बस्नेत हुन्। फिल्म आउँदो वर्षको साउन १ गते प्रदर्शनमा आउने छ। मा रिलिज हुने बताईएको छ ।