PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

१४ वर्षपछि एकसाथ सुगम पोखरेल र अनिश भण्डारी



पहिलोपोस्ट

१४ वर्षपछि एकसाथ सुगम पोखरेल र अनिश भण्डारी

काठमाडौं: गायक सुगम पोखरेल र र अनिश भण्डारीले एकसाथ नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन्। 'ताली ठोकौँला' बोलको गीत भिडियोसहित सार्वजनिक भएको हो। पोखरेल र भण्डारीको १४ वर्षपछि सांगीतिक सहकार्य भएको हो। यसअघि यी दुईको 'रंगीन यो साँझ' सार्वजनिक भएको थियो।

सार्वजनिक नयाँ गीतमा शब्द तथा संगीत सम्भोज मल्ल र सुगम पोखरेलको रहेको छ।

'ताली ठोकौँला' गीतको भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका छन्। भिडियोमा अमृत ढुंगाना र जुना सुन्दासको अभिनय रहेको छ। रामशरण उप्रेतीको छायांकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्। 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell