PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

होली खेल्नेक्रममा छतबाट खस्दा एकको मृत्यु  



पहिलोपोस्ट

पोखरा : होली खेल्नेक्रममा पोखराको बिन्ध्यवासिनीमा घरको छतबाट खस्दा एक बालक ज्यान गएकोछ। 

पोखरा लेखनाथ महानगरपालिका २ विन्ध्यवासिनीका ११ वर्षीय आविस्कार रेग्मी घरको छतबाट खस्दा ज्यान गएको हो।

होली खेल्ने क्रममा घरको छतबाट खसेर गम्भीर घाइते भएका रेग्मीको फिस्टेल हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिएका छन्। घाइते रेग्मीको टाउकोमा चोट लागेको थियो। उनी होली खेल्दा आफ्नै घरको दुई तला माथिबाट खसेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell