PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

पोखरेलीसँगै विदेशीको लेक साइडमा होली



नरहरि पौड्याल

पोखरेलीसँगै विदेशीको लेक साइडमा होली

पोखरा : पोखराको पर्यटकीय क्षेत्र लेक साइडमा पोखरेली र विदेशी पर्यटकले सँगै होली मनाएका छन्। उनीहरुले एकआपसमा शुभकामना साटासाट गरी रंगहरुको पर्व होली मनाएका हुन्।

रेष्टुरेण्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) च्याप्टरले लेक साइडमा आयोजना गरेको होली विशेष कार्यक्रममा पोखरेली र विदेशी पर्यटकहरु आपसमा रंग खेले। नाचगान र रंग छ्यापाछ्याप गर्दै लेकसाइड परिक्रमा गर्दा विदेशी पर्यटक निकै रमाएका थिए। 

रेवानले अघिल्ला वर्षहरुमा पनि यस्तो कर्यक्रम सञ्चालन गर्दै आएको पर्यटन व्यवसायी भीमसेन भुजेलले बताए।

‘विगतका वर्षहरुमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्दै आएका थियौं,’ उनले भने, ‘हाम्रो परम्परा एवं संस्कृतिसँग विदेशीलाई परिचित गराउनु र मनोरञ्जन प्रदान गर्ने उद्देस्य हो।’ 

पर्यटकको बढी चहलपहल हुने लेकसाइडको फिस्टेल गेटदेखि हल्लनचोकसम्मको क्षेत्र होलीले आकर्षक बनेको थियो।

होलीका बेला लेकसाइड क्षेत्रमा सवारी साधनहरु बन्द गराइएको थियो। लेकसाइडको करिब तीन किलोमिटर क्षेत्रमा सवारी निषेध गरिएको पर्यटन ब्यवसायी गाविन्द शर्माले बताए।
 

सवारी नियम उल्लङघन गर्ने समातिए

होली पर्व मनाउने क्रममा कास्कीका विभिन्न स्थानबाट ट्राफिक नियम मिचेर मोटरसाइकल चलाउने ८० जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। ती मध्ये सवारी नियम उल्लङघन गर्ने, होहल्ला गर्ने र मादकपदार्थ सेवन गरी सवारी चलाउने रहेको प्रहरीजनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell