PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

दुवै पार्टी विघटन गरी नयाँ पार्टी घोषणा : प्रचण्ड



पहिलोपोस्ट

दुवै पार्टी विघटन गरी नयाँ पार्टी घोषणा : प्रचण्ड

नवलपरासी : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता प्रक्रिया छिट्टै टुङ्गिने बताएका छन्।

नवलपरासीको बर्दघाटमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई गहकिलो गर्दै अध्यक्ष प्रचण्डले फागुन २५ गतेभित्र कार्यदलले प्रतिवेदन बुझाएपछि पार्टी एकताका बाँकी कार्य पूरा हुने बताए।

उनले भने, ‘दुवै दलको कार्यदलको प्रतिवेदनपछि अन्य प्रक्रिया टुंग्याउने र दुवै पार्टी विघटन गरी नयाँ पार्टी घोषणा गरिनेछ।”

कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सरकारलाई पूर्णता दिएपछि नेपाली जनताको अपेक्षा पूरा गर्न विकासको प्याकेज सरकारले अघि बढाउने बताए। संघीय समाजवादी फोरमसँग छलफल टुंगोमा नलागेकोले सरकार बिस्तारमा केही ढिलाई भएको उनको भनाई थियो।

वाम गठवन्धनलाई जनताले झण्डै दुई तिहाई बहुमत दिएको बताउँदै प्रचण्डले समृद्धि र स्थायित्वका लागि यसमा नै केन्द्रित भएर लाग्‍ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell