PahiloPost

Jun 17, 2026 | ३ असार २०८३

सन्दीप लामिछाने सीपीएलमा आवद्ध, क्रिस गेलको टिमबाट खेल्ने



पहिलोपोस्ट

सन्दीप लामिछाने सीपीएलमा आवद्ध, क्रिस गेलको टिमबाट खेल्ने

युवा बलर सन्दीप लामिछानेले क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेल्ने भएका छन्। इन्डियन क्रिकेट लिग –आइपीएल) मा अनुवन्धन भएको केही समयपछि नै सन्दीपले अर्को महत्वपूर्ण प्लेटफर्म पाएका हुन्। 

पाँच हजार अमेरिकी डलरमा सेन्ट किट्स एण्ड नेभिस पेट्रियर्सले सन्दीपलाई अनुवन्धन गरेको हो। टिमको कप्तानमा वेष्ट इन्डिजका क्रिस गेल छन्। टिममा बेन कटिङ, टोम कोपर लगायतका खेलाडी छन्।

सीपीएल अगष्ट ८ देखि सेप्टेम्बर १६ सम्म हुनेछ। सीपीएलमा ६ टिम सहभागी हुनेछन्। 

सीपीएलको पहिलो ड्राफ्टमा यसपटक नेपालसहित १८ राष्ट्रका खेलाडी समावेश थिए। ड्राफ्टमा कूल ३४८ खेलाडीको नाम समावेश थियो। जसमा २२७ विदेशी खेलाडी तथा १२१ वेष्ट इन्डिजका खेलाडी थिए। टेष्ट मान्यता प्राप्त १० राष्ट्रसँगै क्यानडा, अमेरिका, ओमान, हङकङ, स्कटल्यान्ड, नेपाल, युएई र केन्याका खेलाडी ड्राफ्टमा  थिए। भारत र न्यूजिल्याण्डका खेलाडी ड्राफ्टमा समावेश थिएनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell