PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

फ्राइडे रिलिज:  ३ नेपाली र १ विदेशी फिल्म पर्दामा



पहिलोपोस्ट

फ्राइडे रिलिज:  ३ नेपाली र १ विदेशी फिल्म पर्दामा

काठमाडौं: यो साता फ्राइडे रिलिज अन्तर्गत तीन नेपाली फिल्म एकसाथ प्रदर्शनमा आएका छन्। फिल्म ‘नाका’, ‘ब्लाइन्ड रक्स’ र ‘तिम्रै छोरी तरुनी हामीलाई के को दोष’ सार्वजनिक भएका हुन्।

मोटिभेसनल स्पिकर एवं सामाजिक अभियन्ता सृष्टि केसीको जीवनमाथि बनेको बायोपिक ब्लाइन्ड रक्स बेनिशा हमालले सृष्टिको भूमिका निर्वाह गरेकी छिन्। फिल्ममा अर्पण थापा, अनिल केशरी शाह, गौरी मल्ल लगायतको मुख्य भूमिका रहेको छ।

फिल्मलाई मिलन चाम्सले निर्देशन र निकेश लिम्बुले निर्माण गरेको फिल्मले मल्टिप्लेक्स एवं सिंगल स्क्रिनमा सो पाएको छ।

त्यस्तै फिल्म नाकाले नाका क्षेत्रमा हुने तस्करी र जोडिएको गुण्डागिरीको कथा भन्छ।

तातोपानी नाका र सिन्धुपाल्चोकमा छायांकन भएको फिल्ममालाई अमित श्रेष्ठले निर्देशन गरेका हुन्। फिल्ममा विपिन कार्कीका साथमा थिन्ले लह्मो, रोविन तामाङ, सजन थापामगर, शिव मुखिया, प्रकाश गन्दर्भ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। निर्देशक श्रेष्ठको कथामा अभिषेक सुवेदीले पटकथा लेखेका छन्। फिल्मले पनि मल्टिप्लेक्स एवं सिंगल स्क्रिनमा सो पाएको छ।

फिल्म ‘तिम्रै छोरी तरुनी हामीलाई के को दोष’ सिंगल स्क्रिनमा मात्र लागेको छ। हास्य जनराको फिल्मलाई जय किशन बस्नेतको मुख्य अभिनय रहेको छ। फिल्ममा कथा तथा निर्देशन सुरेश असिमको रहेको छ। 7

बलिउड अभिनेत्री अनुष्का शर्मा स्टारर फिल्म 'परी' सार्वजनिक भयो। हरर जनराको फिल्म अनुष्काले नै निर्माण गरेकी हुन्। परीमा प्रोसित रोयको निर्देशन रहेको छ। उनको यो डेब्यु निर्देशन हो। फिल्ममा बंगाली स्टार परम्ब्रत चतर्जीको पनि अभिनय रहनेछ।

यो साता कुनै पनि हलिउड फिल्म नेपाल रिलिज भएन।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell