
न्यूयोर्कः संघीय अनुसन्धान व्यूरो (एफवीअार्इ)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्पलार्इ अनुसन्धानको दायरामा राखेको छ। एफवीअार्इले उनको अन्तर्राष्ट्रिय व्यपारिक सम्झौताको बारेमा अनुसन्धान थालेको हो।
एफवीअार्इका अनुसन्धान अधिकारीहरूले इभान्काको अन्तर्राष्ट्रिय व्यापारिक सम्झौताको अनुसन्धान सुरू गरेको सीएनएनले जनाएको छ।
ट्रम्पको क्यानाडाको भ्यानकुवरमा रहेको होटल र टावरमा भएको वार्ता र वित्तिय सहयोगका विषयमा एफवीअार्इले अध्ययन गरिरहेको अमेरिकी उच्च अधिकारीले जानकारी दिएको समाचारमा उल्लेख छ।
यो अनुसन्धानले राष्ट्रपति कार्यालयमा इभान्काले पूर्ण सुरक्षा अनुमति पाउनसमेत रोक लाग्न सक्ने बताइएको छ। यसअघि ट्रम्पका ज्वाँइलार्इ सुरक्षा अनुमतिमा रोक लगाइएको थियो।
त्यस्तै यस अनुसन्धानले ट्रम्पको अन्तर्राष्ट्रिय व्यापारमा समेत घाटा पुग्ने बताइएको छ।
अमेरिकी अधिकारीका अनुसार एफबीअार्इले इभान्कासँगै उनका पति जेरार्ड कुस्नर दुबैको अन्तर्राष्ट्रिय सम्पर्क र व्यवसायको बारेमा नजिकबाट अध्ययन गरिरहेको छ। एफबीअार्इले चीनसहितका अन्तर्राष्ट्रिय एजेन्सीहरूसँगको सम्पर्कको बारेमा समेत अध्ययन गरिरहेको छ।