
स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा शीर्ष स्थानको बार्सिलोना लस पलमससँग बराबरीमा रोकिएको छ।
जोनाथान कलेरीले दोस्रो हाफमा पेनाल्टीबाट गोल गरेपछि पलमसले घरेलु मैदानमा लिग लिडर बार्सासँग १-१ को बराबरी खेल्दै अंक खोसेको हो। त्यसअघि लियोनल मेसीले २१औँ मिनेटमा गोल गर्दै बार्सालाई अग्रता दिलाएका थिए। तर ४८औँ मिनेटमा बार्साका लुकास डिग्नेले पेनाल्टी एरियामा बल ह्याण्ड गरेपछि पलमसले पेनाल्टी पायो र त्यसैमा कलेरीले गोल गरे।
बराबरीपछि २६ खेलबाट ६६ अंकका साथ शीर्ष स्थानमा रहेको बार्सा दोस्रो स्थानको एट्लेटिको भन्दा ५ अंकले अगाडी छ।