PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

प्रिमियर लिग : आर्सनलको पोष्टमा म्यानचेष्टर सिटीको ३ गोल



पहिलोपोस्ट

प्रिमियर लिग : आर्सनलको पोष्टमा म्यानचेष्टर सिटीको ३ गोल

लिग लिडर म्यानचेष्टर सिटीले प्रिमियर लिगको उपाधि यात्रा थप मजबुत बनाउने क्रममा गएराती आर्सनललाई ३-० ले पराजित गरेको छ।

आर्सनललाई उसैको मैदानमा पराजित गर्न सिटीका लागि बर्नार्डो शिल्भा, डेभिड शिल्भा र लरेय सानेले एक-एक गोल गरे।

सिटीले ३ वटै गोल पहिलो हाफमा गरेको थियो।

दोस्रो हाफमा आर्सनलले पेनाल्टी पाएपनि पिएरे एमरिक ओवामेयाङ पेनाल्टीमा गोल गर्न अफसल रहे।

जितपछि २८ खेलबाट ७५ अंक जोडेको सिटीले दोस्रो स्थानको म्यानचेष्टर युनाइटेडमाथि १६ अंकको अग्रता बनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell