काठमाडौं : काठमाडौंको चुच्चेपाटीमा एक युवकको चक्कु प्रहार गरी हत्या गरिएको छ। बुधवार राती करिब साढे ८ बजेतिर सामान्य विवाद हुदाँ २४ वर्षिय छिरिङ शेर्पाको हत्या गरेको महानगरीय प्रहरी बृतका प्रमुख डिएसपी अच्युत पुडासैनिले बताए।
हत्या गरेको अभियोगमा प्रहरीले चुच्चेपाटीबाट १६ वर्षिय किशोर विवेक तामाङलाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ। शरिरमा ट्याटु बनाउने काम गर्दै आएका छिरिङले विवेकलाई भद्धा शब्द प्रयोग गरेर गाली गरेपछि उनले भान्छामा गई चक्कु ल्याइ प्रहरा गरेको डिएसपी पुडासैनीले बताए।
चक्कु प्रहारबाट घाइते भएका युवक छिरीङको उपचारको क्रममा मेडिकेयर अस्पतालमा मृत्यु भएको थियो। चक्कु प्रहार गर्ने विवके विभिन्न क्याट्रीङमा काम गर्दै छाएका छन्।