PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

महामुर्ख सम्मेलनमा 'भोर' पोस्टर रिलिज



पहिलोपोस्ट

महामुर्ख सम्मेलनमा 'भोर' पोस्टर रिलिज

फागु पूर्णिमाको अवसरमा फिल्म 'भोर'को पोस्टर रिलिज भएको छ। तराई भेगमा विद्धमान दाइजो प्रथाको यथार्थ कथा भन्ने फिल्मको पोस्टरसँगै रिलिज टार्गेट पनि घोषणा गरेको हो। जनकपुरमा परस्परागत रुपमा फागु पुर्णिमाको छेकोमा हुँदै आएको महामुर्ख सम्मेलनमा फिल्म बैशाख २१ बाट प्रदर्शनमा आउने जानकारी दिइयो।

सार्वजनिक पोस्टरमा लिड अभिनेत्री डली सरकार बेहुलीको भेषमा प्रस्तुत छिन् भने व्याकग्राउण्डमा जानकी मन्दिरलाई देखाइएको छ। निर्देशक यादवकुमार भट्टराईले फिल्मले दाइजोलाई महिला हिंसाको रुपमा नभइ मानव हिंसाको रुपमा लिनुपर्ने संदेश दिने बताए।

कृष्ण धाराबासीको लेखनमा तयार भएको फिल्ममा रामनारायण ठाकुर, अनिता रानी मण्डल, राजेश सक्सेना, बि एन पटेल, डली सरकार, प्रमेश झा, बटुक राज मिश्र, अनिता देव, पुजा कर्ण लगायत कलाकारहरु अभिनयमा छन्। दिपक बज्राचार्यले छायाँकन गरेको सामाजिक यथार्थवादी फिल्म तराईका दर्शक केन्द्रित छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell