PahiloPost

May 14, 2025 | १ जेठ २०८२

'होली हंगामा कार्यक्रममा दर्शकको हंगामा',  दर्शकको तोडफोडपछि भागे भारतीय कलाकार निरहुआ



राधेश्याम पटेल

'होली हंगामा कार्यक्रममा दर्शकको हंगामा',  दर्शकको तोडफोडपछि भागे भारतीय कलाकार निरहुआ

जनकपुरधामः भोजपुरी फिल्मका सुपरस्टार दिनेशलाल यादव निरहुआको जनकपुरको कार्यक्रममा तोडफोड भएको छ। बिहीबार साँझ जनकपुरको तिरहुतिया गाछीमा आयोजित ‘होली हंगामा’ कार्यक्रममा दर्शकले हंगामा मच्चाउँदै कार्यक्रम अवरुद्ध पारेका थिए।

निरहुआसँगै अभिनेत्री अम्रपाली दुबे र नायिक सीमा सिंहलगायतको टोली एस राज इन्टरटेनमेन्ट कम्पनीको प्रायोजनमा होली विशेष कार्यक्रममा सरिक हुन जनकपुर पुगेका थिए।

मिथिलाको राजधानी जनकपुरमा भोजपुरी कलाकारलाई बोलाएर मैथिली भाषा तथा कलाकारको उपेक्षा गरेको भन्दै भोजपुरीका सुपरस्टार निरहुआको अपमान गरिएको हो। भोजपुरी गीत-संगीत तडकभडक एवं अश्लील हुन्छन् भन्दै दर्शकले निरहुआको दोस्रो प्रस्तुतिपछि नै भड्केर कुर्सी तोडफोड गरेका थिए।

पहिलोपटक जनकपुर पुगेका निरहुआको प्रस्तुति हेर्न प्रदेश नं २ का आठ जिल्लाका दर्शक तथा समर्थकहरु जनकपुर पुगेका थिए। कार्यक्रममा तोडफोड हुन थालेपछि स्थानीय प्रशासनले निरहुआको टिमलाई उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell