PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

यस्तो रह्यो फिल्म 'पञ्चायत' युनिटको होली

यस्तो रह्यो फिल्म 'पञ्चायत' युनिटको होली

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: प्रदर्शनको तयारीमा रहेका फिल्महरुका लागि होली प्रचारप्रसारको राम्रै मौका बन्यो। फिल्मको नाम अंकित टिसर्ट लगाएर कलाकारहरु काठमाडौंमा आयोजित विभिन्न कार्यक्रमहरुमा पुगे। फिल्म 'पञ्चायत' युनिटले एकसाथ होली मनायो।

चैत २ गतेबाट सार्वजनिक अमेरिकामा भएको ‘सान फ्रान्सिस्को ईन्टनेशनल न्यु कन्सेप्ट फिल्म फेस्टिभल’मा फिल्म उत्कृष्ट घोषित भएको थियो भने अभिनेत्री नीता ढुङ्गानाले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन्।

फिल्ममा सरोज खनाल र नीता ढुङगानासँगै रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ आदीको पनि अभिनय रहेको छ।

शिवम अधिकारीको निर्देशित पञ्चायतमा टंक बुढाथोकीको संगीत र रामेश्वर कार्कीको छायांकन छ।



ट्रेन्डिङ पोस्ट

Ncell