PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

न्यायालयमा बसेर बेइमानी गर्नेलार्इ महाअभियोग लगाउँछौँः प्रचण्ड



पहिलोपोस्ट

न्यायालयमा बसेर बेइमानी गर्नेलार्इ महाअभियोग लगाउँछौँः प्रचण्ड

काठमाडौंः नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायलयमा बसेर बेइमानी गर्नेको विरुद्ध महाअभियोग लागाइने बताएका छन। 

बिहिबार नवलपरासी पुगेर प्रचण्डले पैसाको भरमा न्याय दिने विरुद्ध महाअभियोग लागाइने बताएका हुन्। 

‘अहिले दुई तिहाई बहुमत सहितको सरकार बनाउदैँ छौँ,’ प्रचण्डले भने, 'न्यायालयमा बेइमानी गर्ने, जाली फटाहाहरुका पक्षमा न्याय दिनेहरुलाई महाअभियोग लगाउने समय आएको छ। भ्रष्टाचार गर्ने कर्मचारीलाई जेल हाल्ने बेला आएको छ । त्यसो नगरे विकास सुशासन सम्भव छैन। भ्रष्टहरुलाई तह लगाउन नसके जनताले हामीलाई नै सजाय दिने कुरा हामीलाई थाहा छ ।'

कर्मचारीतन्त्र र सुरक्षा निकायभित्र रहेको भष्टचार र वेतिथी समेत अन्त्य गरिने उनले बताए।  उनले भने, ‘कर्मचारीतन्त्र भित्र बसेर अर्बौँ सम्पति कमाएर महल खडा गर्ने र सेक्युरिटि सेक्टरमा बसेर सुरक्षाको काम नगरि तस्करसँग मिलेर खानेहरुलाई जेल हान्ने बेला आयो अब।’ 

यति नगरे देशमा शुसासन कायम हुन नसक्ने उनको भनाइ थियो। 

जनताले दिएको दुई तिहाई बहुमतले देशमा सुशासन कायम गर्न हौसला दिएको प्रचण्डले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell