PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

सलमान खान नेपाल आउने कार्यक्रम स्थगित



पहिलोपोस्ट

सलमान खान नेपाल आउने कार्यक्रम स्थगित

काठमाडौं: सलमान खानको उपस्थितिमा हुने भनिएको  दब्याङ्ग टुर स्थगित भएको छ। कार्यक्रम तोकिएको मितिमा नहुने बारे आयोजक संस्था ओडिसी इन्टरटेनमेन्टले पहिलोपोस्टलाई जानकारी दियो।

फागुन २६ गते काठमाडौँको टुँडिखेलमा हुने भनिएको सलमान खानको 'दब्याङ्ग द टुर नेपाल' स्थगित हुनुको कारण बारे औपचारिक जानकारी दिन प्रेस विज्ञप्ति जारी गर्ने आयोजकले बतायो। 

कार्यक्रम हुने निश्चित भएको भन्दै सलमानका भाइ तथा आयोजक समेत रहेका सोहेल खानले केही समय अगाडि काठमाडौंमा पत्रकार सम्मेलन समेत आयोजना गरेका थिए।

केही दिन अघि विप्लव माओवादीले कार्यक्रम हुन नदिने चेतावनी दिएको थियो। तर ओडिसीमा सम्पर्क गर्दा कार्यक्रम रद्द नहुने बताइएको थियो। तर हाल सलमानले उक्त चेतावनीलाई कारण देखाएर सन्देश लेख्नु नै कार्यक्रम स्थगित हुनुको मुख्य कारण रहेको बुझिएको छ।

कार्यक्रममा सलमानसँगै नायिका सोनाक्षी सिंहा, कृति सेनन, कोरियोग्राफर तथा चर्चित अभिनेता प्रभु देवा, डेजी शाह, मिट ब्रदर, मनिष पावलको प्रस्तुति रहने बताइएको थियो।

कार्यक्रमको बारेमा सलमान खान स्वयंले ट्विट पनि गरेका थिए। 

 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell