
छत्तीसगढः भारतीय कम्युनिष्ट पार्टी (माओवादी)को तेलंगना राज्य समितिका नेताहरुको बैठकमा प्रहरीले आक्रमण गरेका छन्।
प्रहरीको आक्रमणबाट तेलंगना राज्यसमितिका शीर्ष नेतासहित १२ जना माओवादी कार्यकर्ताहरु मारिएको दी हिन्दुले जनाएको छ।
घटनामा एक जना प्रहरीका जवान पनि मारिएका छन् भने दुई जना प्रहरी जवान घाइते भएका छन्।
छतीसगढ र तेलंगनाको सीमावर्ती क्षेत्रको जंगलमा शुक्रबार विहान साढे ६ बजे प्रहरी र माओवादी कार्यकर्ताबीच भिडन्त भएको तेलंगना प्रहरीले जनाएको छ ।
माओवादी स्रोतका अनुसार करिब ७० जना नेताहरु उक्त बैठकमा सहभागी भएका थिए। उक्त बैठकमा छतीसगढ र तेलंगना प्रहरीले संयुक्त रुपमा आक्रमण गरेको थियो।
उक्त स्थलबाट एके ४७ सहित आधुनिक हतियारहरु बरामद गरेको प्रहरीले दाबी गरेको छ। मारिनेहरुको संख्या पनि बढ्न सक्ने प्रहरीको भनाइ रहेको छ ।